सिन्धुलीमाढी, सिन्धुली
सिन्धुलीमाढी, सिन्धुली
2026-04-27
2026-04-27
तस्बिर :
बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय, हेटौडाबाट स्वीकृत “बजेट तर्जुमाका लागि बार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धि निर्देशिका, २०८३” बमोजिम आगामी आ.व. २०८३/०८४ को बजेट तथा कार्यकममा प्रस्ताव गरिने आयोजना छनौटको लागि यस सहरी विकास तथा भवन कार्यालय, सिन्धुली अन्तर्गत “आवास, भवन र सहरी विकास” सम्बन्धि आयोजनाहरु प्रस्ताव सोहि निर्देशिकाको अनुसूची-३ (प्रदेशस्तरीय आयोजना प्रस्ताव फारम) को ढाँचामा मिति २०८३ साल बैशाख २१ गते सम्म सम्बन्धित वार्ड कार्यलय, स्थानीय तह वा सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यज्युरुको सिफारिस संलग्न राखी यस कार्यालयमा प्राप्त हुने गरी आयोजनाहरुको प्रस्ताव पेश गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सार्वजनिक सुचना प्रकाशन गरिएको छ।